महामन्त्री थापाको गठबन्धनप्रति असन्तुष्टि, कांग्रस भित्रै विद्रोह गर्ने

 ग्लोबल टिभि           0

असोज १४ –नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आउने कसैलाई पनि निराश नबनाउने वाचा गरेका छन् । आज काठमाडौं–४ मा झण्डै ५ सय जनालाई पार्टी प्रवेश गराउँदै उनले कांग्रेसमा आएका कसैलाई पनि निराश बन्न नदिने बताए ।

प्रमिस गर्छु म कसैलाई निराश बनाउने छैन । पार्टीको उदेश्य के हो त्यसैमा म लाग्ने हो, लागिरहेको छुु, महामन्त्री थापाले भने, निर्वाचन आएको छ । पार्टी प्रवेशमा एक जना थपिँदा हिम्मत बढ्छ । आज करिब ५ सय जना प्रवेश गर्नुभयो तपाईंहरू हिम्मत हो ।

थापाले सांसद तथा मन्त्री बनौँला भनेर आफू राजनीतिमा नलागेको प्रष्ट पारे । बीपी र गणेशमान जो सम्पन्न परिवारका थिए । देशलाई उज्यालो बनाउन भनेर कांग्रेस पार्टी बनाए । देश र समाज बनाउने सपना बोके । सांसद–मन्त्रीको कल्पनै थिएन । बुझ्दै नबुझी अलिअलि बुझ्दै पार्टीमा लागियो । साथीहरू विदेशिए । माओवादीको हिंसा बढ्यो । २४–२५ वर्षको उमेरमा सांसद मन्त्री बनौँला भनेर कांग्रेसको झण्डा उठाएको होइन । बिहान, बेलुका, दिउँसै जतिबेला पनि मान्छे मरेको सुन्नुपर्ने । त्यसपछि पार्टीको संस्थापक नेताको जस्तै कांग्रेसमा लागियो, थापाले भने ।

उनले अगाडि भने, दुईपटक राज्यद्रोही बनाएर थुनियो । मलाई एक थोपो डर थिएन । लाग्ने हो भिड्ने हो यही समाजलाई जीवन दिने हो भन्ने थियो । थापाले पाँच वर्ष सांसदका रूपमा गरेको कार्यप्रति आफूमा गर्व रहेको बताए । उनले भने, यो पाँच वर्ष सबैभन्दा क्रियाशील सांसद म थिएँ । मेरै कारण थुप्रै कानुन बने । बन्न नहुने रोकिए । मलाई केही लोभ छैन । त्यही घर (कांग्रेस) मा बस्ने हो त्यही मर्ने हो ।

थापाले सांसदका रूपमा आफूलाई सफल भएको दाबी गरे पनि सरकार भने असफल रहेको बताए । यो पाँच वर्ष सरकारको खेर गयो । हामी जहाँ पुग्ने हो त्यहा पुग्न सकिएनँ उनले भने ।

महामन्त्री थापाले गठबन्धनको कुरामा आफूभित्र छटपटि र असन्तुष्टि रहेको बताए । गठबन्धनको कुरा छ । मनमा असन्तुष्टि छ । छटपटि छ, किन अबको पाँच वर्ष पनि यस्तै हुने? सरकार बदली गर्दा काम हुन्छ? यहाँ खै? नेपालका युवाले रोजगारी पाउने कुरा सबैभन्दा ठूलो मुद्दा हो, उनले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *