ग्लोबल टिभि
0
प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस र जनता समाजवादी दलको नारावाजीपछि सभामुख अग्नी सापकोटाले संसद दश मिनेटका लागि स्थगित गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाउँदै अध्यादेश पेश गर्नका लागि कानुनमन्त्री लीलानाथ श्रेष्ठलाई अनुमति दिएपछि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुआफ्नो आसनबाट उठेका थिए ।
कांग्रेस र जनता समाजवादी पार्टीले अध्यादेश फिर्ता गर्न माग गर्दै अहिले संसद भवन भित्र नारावाजी गरिरहेका छन् । अध्यादेश फिर्ता लिनका लागि कांग्रेसले आग्रह गरेको थियो । यद्यपी सभामुखले प्रक्रिया अगाडि बढाएपछि प्रतिपक्ष दल कांग्रेस र जसपाले नारावाजी गर्दै संसद अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।
Post Views: 1,731
Leave a Reply