अदालतको फैसलामा ओलीको प्रतिक्रिया–कार्यान्वयन गर्छौ, दाहालले भने अनपेक्षित

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहालको नेतृत्वमा रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेपछि नेपालको राजनीति फेरी एकपटक तरङिगत भएको छ ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनष्टि पार्टीलाई आधिकारिकता दिएपछि नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सर्वोच्चको फैसलालाई स्वीकार गर्ने बताएका छन् । उनले फैसलाको कार्यान्वयन गर्ने पनि बताए । यता दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अदालतको फैसलालाई अनपेक्षित भनेका छन् । यसबारेमा विस्तृत अध्ययन गरी अघि बढ्ने उनको भनाइ छ । सोही समूहका अर्का नेता देव गुरुङले भने अदालतको फैसला बेठिक समयको न्याय भनेका छन् ।

ओली–दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गर्ने सर्वोच्चको फेसलालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सकारात्मक भनेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *