ग्लोबल टिभि
0
संसदमा संवैधानिक परिषद् अध्यादेश पेश गर्ने कार्यसूची अघि बढेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नारावाजी गरेको छ । यसमा जनता समाजवादी पार्टीले पनि साथ दिएको छ । बैठकको सुरुमा नै नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले अध्यादशेप्रति आपत्ति जनाएका थिए । वैधानिकता गुमाएको सरकारले अध्यादेश ल्याउन नसक्ने भन्दै दाहाल–नेपाल समूहले बैठक बहिस्कार गरेको थियो । नेपाली काँग्रेसले पनि अध्यादेश संविधान अनुकुल नरहेको भन्दै विरोध गरेको हो । नेता वालकृष्ण खाँडले संसदमा पेश गर्न लागिएको सवैधानिक अध्यादेशले संविधानको स्पीरिटलाई नसमातेको भन्दै फिर्ता लिन आग्रह गरे ।
असैधानिक अध्यादेश कुनैपनि हालतमा स्वीकार्न नसकिने उनले बताए । विरोधका वावजुद पनि सभामुख खग्निप्रसाद सापकोटाले अध्यादेश अघि बढाउन भनेपछि रोष्टममै गएर काँग्रेस र जसपाले नारावाजी गरेको थियो ।
Post Views: 1,793
Leave a Reply