प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वोच्च अदालतको फैसलाले थप जटिलता निम्त्याएको बताएका छन् । यसको निरुपण नेपाल कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने प्रतिक्रिया दिए।
उनले भने “संसद भनेपछि राष्ट्रियसभा पनि हो । उपनिर्वाचन भईसकेको छ । उहाँहरु कुन पार्टीको हो ? कहाँ लगेर फर्काउने ? कुन विन्दुमा लगेर फर्काउने ? सम्मानित सर्वोच्च अदालतले अहिले गरिदिएको निर्णय पछि आउने जटिलताहरु धेरै छन् । यसको गाँठो हामीले पारेको पनि होइन । हामीले फुकाउने पनि होइन । हामीले हेर्ने भनेको अदालतले निर्णय गरिसकेपछि यहाँ भित्र अब दुईवटा दलको अस्तित्व रह्यो । नेकपा माओवादी केन्द्र र नेकपा एमाले रहेको अवस्था रह्यो । प्रधानमन्त्री कुन धाराको हो र कुन दलको प्रधानमन्त्री हो ? सभामुख कुन दलको हो ?सभामुखको लैंगिक पहिचान पो छ त । तर कुन पार्टीको मान्ने ? सभामुखलाई गाई कि त्रिसुल गर्ने कि ?कता तिर लैजाने ? अदालतले माग्दै नमागेको कुरामा प्रवेश गरेपछि त जटिलताहरु पनि फर्कि फर्कि ढोका ढकढकाउदै फेरी अदालत नै जाने भो । यसले थप जटिलताहरु निम्त्याउने छ नै ।”
उनले संबैधानिक परिषद् सम्बन्धी अध्यादेश बुधबारको बैठकमा ल्याएमा बैठक चल्न नसक्ने बताए ।
Leave a Reply