ग्लोबल टिभि
0
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद बहिष्कार नभई सरकारले ल्याएको एजेण्डा बहिष्कार गरेको बताएका छन् ।
प्रतिनिधिसभा बैठक छोडेर बाहिर निस्कदै गर्दा संघीय संसद भवनमा अध्यक्ष दाहालले संसदको नभई अध्यादेश पेश गर्ने एजेण्डाको विरोध गरेको प्रतिक्रिया दिएका हुन् ।
असंवैधानिक, अनैतिक र अलोकतान्त्रिक सरकारलाई अध्यादेश ल्याउने अधिकार नभएकाले अध्यादेश पारित गराउने एजेण्डा बहिस्कार गरेको बताए।
सर्वोच्च अदालतको फैसलाले सरकार कसको हो भन्ने दुविधा सिर्जना गरेको पनि उल्लेख गरे । उनले कानुन व्यवसायीसँग छलफल गरी स्थायी कमिटी बैठक बसेर आगामी रणनीति तय गरिने स्पष्ट पारे ।
Post Views: 1,034
Leave a Reply