फेरी पनि ओलीविरुद्ध कांग्रेस नेता खगेन्द्र पाण्डप अधिकारी भिड्दै

 ग्लोबल टिभि      आइतवार, अशोज २३, २०७९      0

असोज २३ –सत्ता गठबन्धनले झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र पाण्डप अधिकारीलाई अघि सारेको छ । गठबन्धनमा झापा ५ कांग्रेसले भाग पाएअनुसार सो पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

सोहीअनुसार केहीबेरमा अधिकारीले आफ्नो उम्मदपारी दर्ता गराउने कार्यक्रम रहेको छ । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउँदैछन् ।

यसअघि २०७४ सालको चुनावमा पनि अधिकारी ओलीसँग पराजित भएका थिए । अहिले फेरि गठबन्धनले ओलीसँग प्रतिस्पर्धा गर्न अधिकारीलाई नै अघि सारेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *