ग्लोबल टिभि
0
असोज २३ –नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा पाएका ५ क्षेत्रमध्ये ४ क्षेत्रमा महिला उम्मेदवार उठाउने भएको छ । माओवादीले सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका काठमाडौं–२, ७ र ९, ललितपुर–३ र भक्तपुर–१ क्षेत्र पाएको थियो ।
ललितपुर–३ मा पम्फा भुसालले टिकट पाएकी छिन् । माओवादी केन्द्रकी उपमहासचिव समेत रहकी भुसाल यसअघि पनि उक्त क्षेत्रबाट निर्वाचित सांसद हुन् । काठमाडौं–२ को टिकट पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीले पाएकी छिन् ।
त्यस्तै काठमाडौं–७ मा मानुषी यमी भट्टराईले माओवादीका तर्फबाट टिकट पाएकी छिन् । काठमाडौं–९ मा माओवादीकी कल्पना धमलाले टिकट पाएकी छिन् । भक्तपुर–१ मा भने सुरेश न्यौपानेले टिकट पाएका छन् ।
Post Views: 1,209
Leave a Reply