ग्लोबल टिभि
0
असोज २३ –राप्रपा नेपालका अध्यक्ष कमल थापाले जित सुनिश्चित गर्नका लागि सूर्य चिह्नबाट चुनाव लड्न लागेको बताएका छन् ।
मकवानपुर–१ बाट नेकपा एमालेको समर्थनमा उम्मेदवारी दर्ता गरेपछि पत्रकारसित कुरा गर्दै उनले नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको बताए ।
‘नेकपा एमालेसँगको सहकार्य एक ठाउँमा मात्र चुनाव जित्नका लागि नभई मुलुकमा विद्यमान संकट समाधान गर्न राष्ट्रिय परिवेशको आवश्यकताको रुपमा रहेको छ’, उनले भने, ‘म नेकपा एमालेका साथीहरुलाई चित्त बुझाउन सक्छु भन्ने लाग्छ । त्यसका निमित्त हरसम्भव प्रयास गर्नेछु ।’
थापालाई समर्थन गरेकोमा नेकपा एमाले मकवानपुरका नेता तथा कार्यकर्ता असन्तुष्ट छन् । उनीहरुले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
Post Views: 1,040
Leave a Reply