जो चुनाब लड्ने छैनन्, बाबुरामले छोरी उठाए, सापकोटाले भतिजो

 ग्लोबल टिभि           0

कैलाश/संजय –आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही चर्चित र हेभिवेट नेता उम्मेद्वार नबन्ने भचएका छन् । पुर्व प्रधानमन्त्री, बाबुराम भट्टराई, सभामुख अग्नी सापकोटा सहित एमाले उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्षी साक्य, रामबहादुर थापा लगायतका नेताहरु चुनाबी प्रतिस्पर्धामा भाग नलिने भएका हुन् ।

जसपाबाट बाहिरिदै गत सावनमा नया पार्टी गठन गरेपछी धेरैलाई लागेको थियो, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आसन्न आम चुनावमा उम्मेदवार हुनकै लागी नया पार्टी बनाएका हुन । हुनपनी नेपाल समाजवादी पार्टी गठनपछी नेकपा माओवादी केन्द्र संग नजिकीएका भट्टराईले माओवादीकै चिन्हबाट चुनाव लड्ने तयारी समेत गरीसकेका थिए । तर गत सोमबार सबैलाई चकित पार्दै उनले चुनाब नलड्ने घोषणा गरे । गोरखाबाट चुनाब लड्दै आएका भट्राईले यसपटक भने छोरी मानुसी भट्टराईलाई अगाडी सारेका छन । गोरखा २ प्रचण्डलाई खाली गरेर छोरी मानुसीलाई काठमाडौँ ७ को टिकट दिलाउन सफल भएका भट्टराई आफु भने यसपटकको चुनाब लड्ने छैनन ।

माओवादी नेता तथा सभामुख अग्नी सापकोटाले समेत यसपटकको चुनाब नलड्ने घोषणा गरीसकेका छन । सिन्धुपाल्चोक–१ बाट चुनाव लड्दै आएका उनले युवा पुस्तालाई नेतृत्वमा ल्याउने भन्दै चुनाव नलड्ने घोषणा गरेका हुन । माओवादी उपाअध्यक्ष कृष्ण बहादुर महरा पनी यसपटकको चुनाब लड्ने छैनन् । प्रत्यक्षमा युवालाई मौका दिने भन्दै समानुपातिकमा गएका उनले समानुपातीकबाट समेत नाम फिर्ता लिईसकेका छन । २०४८ साल देखी निर्वाचन जित्दै आएका महरा यसपटक पनी दाङ र रोल्पाबाट सिफारीस भएका थिए । यस्तै माओवादीका उपमहासचिब हरीबोल गजुरेल पनी यसपटकको चुनाब लड्ने छैनन । उनि सिन्धुली जिल्लाबाट लगातार चुनाव जित्दै आएका थिए ।

यता नेकपा एमालेका ३ जना उपाध्यक्ष राम बहादुर थापा बादल, अष्टलक्ष्मी साक्य र युवराज ज्ञवाली पनी आसन्न आम चुनाबबा बाहिरीएका छन । ज्ञवालीले यस अघिनै चुनाब नलड्ने बताई सकेका थिए । बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेको निर्णय थियो । तर बादलले भने चुनाब लड्ने इच्छा देखाएनन् । तर उनकी पत्नी नैनकला थापा भने समानुपातीक सुचीमा छन । यता शाक्यले भने पार्टीले दिएको टिकट अस्विकार गर्दै अरुलाई सिफारिस गरेकी छन् । यो ठाउमा लबिङ गरीरहेका रामबिर मानन्धरले भने टिकट पाएनन् । यता नेपाली कांग्रेसका प्रभाबसाली नेता मिनेन्द्र रीजालले समेत आसन्न आम चुनाब लड्ने छैनन् । २०७४ सालमा मोरङबाट प्रत्यक्ष चुनाब जितेका रिजाललाई यसपटक टिकट दिइएन । उनको सट्टामा सुजता कोईरालाले टिकट पाएकी छिन । अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारीस भएका रावलको सट्टामा एमालले झपट बोहारालाई टिकट दिएको छ । यता राप्रपाका नेताहरु पसुपती समसेर जवरा र प्रकास चन्द्र लोहनी पनी यस पटकको चुनाब नलड्ने भएका हुन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *