युक्रेनको राजधानी किभमा श्रृङ्खलाबद्ध विस्फोट, थुप्रै भवनमा आगलागी, दर्जनौ मारिएको आशंका

 ग्लोबल टिभि      सोमवार, अशोज २४, २०७९      0

असोज २४ –युक्रेनको राजधानी किभमा एकपछि अर्को गरी श्रृङ्खलाबद्ध विस्फोट भएका छन् ।

स्थानीय समय अनुसार बिहान ८ बजे विस्फोट भएको थियो । कीभमा यस्तो आक्रमण धेरै महिना पछि भएको हो ।रुसलाई क्रिमियासँग जोड्ने एकमात्र पुलमा विस्फोट भएको दुई दिनपछि कीभमा यी श्रृखलाबद्ध विस्फोटका आवाज सुनिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्विर र भिडियोमा कीभका धेरै भवनहरूबाट धुवाँको मुस्लो उठेको देख्न सकिन्छ ।

भवन र कार पनि आगोले जलेको देखियो ।मध्य कीभमा भएको आक्रमणमा धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुलमा भएको विस्फोटको लागि युक्रेनलाई दोष दिएका छन् । शनिबार भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । आज किभमा भएको मिसाइल आक्रमण यसैको प्रतिक्रिया हो भन्ने विश्वास गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *