व्यापार सन्तुलन गर्न उपभोग्य बस्तुमा आत्मनिर्भर हुन आवश्यक– प्रधानमन्त्री ओली

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन २५, २०७७      0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार सन्तुलन गर्न उपभोग्य वस्तुमा आत्मनिर्भर हुन आवश्यक रहेको बताउनु भएको छ ।

सोमबार मेक इन नेपाल स्वदेशी अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको व्यापार सन्तुलन गर्नका लागि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुनुपर्ने बताउनुभएको हो । कृषि प्रधान देशमा कृषि भएपनि कृषिमा आधारित उद्योग नभएको भन्दै उहाँले उद्योग स्थापना गरी आवश्यक सामाग्रीहरु बनाइ बाहिर बेच्नुपर्ने पनि बताउनुभयो । अन्यत्र मुलुकमा बनेका सामान खरिद गर्नुका भन्दा मुलुकमै उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको लागि गुणस्तरिय शिक्षामा ध्यान दिनुपर्ने पनि बताउनुभयो । प्राविधि शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई छ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले मेक इन नेपाल स्वदेशी अभियान स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित शुरू गरेको बताउनुभयो । मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताउनुभयो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *