ग्लोबल टिभि
0
असोज २५ –डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ।
नागरिकता र मतदाता नामावलीमा देउवाको जन्ममिति फरकफरक फेला परेको भन्दै उनका प्रत्यासी कर्ण मल्लले उजुरी गरेका हुन्। नागरिकतामा २००३ जेठ ३१ गते उल्लेख रहेको जन्ममिति मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएपछि मल्लले उजुरी दिएका हुन्।
मल्ल अघिल्लोपटक कांग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए। अहिले उनी बिपी कांग्रेसबाट देउवाविरुद्ध चुनावी मैदानमा छन्।
Post Views: 1,003
Leave a Reply