ताप्लेजुङ्गमा ठबन्धन भित्रको किचलोले योगेशलाई फाइदा

 ग्लोबल टिभि      मङ्लबार, अशोज २५, २०७९      0

असोज २५ –नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङ्गबाट प्रतिनिधिसभाको उम्मेदवार भएका छन्। नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले टिकट पाएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएका भट्टराई दोस्रो पटक संसद् प्रवेश गर्ने दाउमा छन्।

२०७४ को निर्वाचनको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई विजयी गराए मन्त्री बनाएर पठाउने आश्वासन दिए। पछि ताप्लेजुङमै हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको ठाउँमा भट्टराई मन्त्री बने पनि। उनी पर्यटन मन्त्री भएसँगै कोभिड १९ को महामारीले पर्यटन व्यवसाय चौपट भयो।

ताप्लेजुङका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा खासै सुधार नभएको भन्दै उनको आलोचना हुने गरेको छ। ताप्लेजुङको प्रमुख पर्यटकीय क्षेत्र पाथीभरा जाने बाटोको स्तरोन्नति नभएको भन्दै स्थानीय आक्रोशित छन्। तथापि सत्तारुढ गठबन्धनको बेमेलका कारण भट्टराईलाई चुनाव जित्न सहज हुने देखिन्छ।

नेकपा एसमा उम्मेदवारी दर्ताको क्रममा समेत विवाद देखिएको कारण आफूले समेत प्रदेश (क) मा उम्मेदवारी दिएको उनले सुनाए। सोही क्षेत्रमा नेपाली कांग्रेसका टीकाराम गुरुङ र मीना गुरुङले समेत उम्मेदवारी दर्ता गराएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *