निर्वाचन आयोगले माग्यो प्रचण्डसँग स्पष्टिकरण

 ग्लोबल टिभि           0

असोज २७ –निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागेको छ ।

आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले उनिसँग स्पष्टीकरण मागेको हो । उनलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ ।

आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृश्यको आधारमा दाहालसँग स्पष्टीकरण मागेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *