युक्रेनमाथि रुसको पछिल्लो हमलामा ७ जनाको मृत्यु, ८ घाइते

 ग्लोबल टिभि           0

असोज २७ –रुसले गरेको पछिल्लो हमलामा ७ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । पूर्वी युक्रेनको एभडिभ्का सहरको अग्रमोर्चानजिक उक्त हमला भएको क्षेत्रीय गभर्नरले जनाएका छन् ।

अवडिभकामा भएको गोलाबारीको परिणामस्वरूप कम्तीमा सात जनाको मृत्यु भएको छ र आठ जना घाइते भएका छन् । रुसीहरूले केन्द्रीय बजारमा आक्रमण गरे, जहाँ धेरै मानिसहरू त्यस समयमा थिए’ दोनेत्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले भने ।

युक्रेनले रुस र क्रिमियालाई जोड्ने पुलमा शक्तिशाली विस्फोट गराएपछि किभविरुद्ध मस्को आक्रमक भएको छ । यसअघि रुसले राजधानी किभलगायत युक्रेनका विभिन्न सहरमा हमला गर्दा १० जनाको मृत्यु हुनुका साथै विकासका पूर्वाधारहरूमा ठूलो क्षति भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *