असोज २७ –नेकपा एमालेका नेता प्रभु साहले पार्टीले दिएको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिए । साहले जनता समाजवादी पार्टीसँग चुनावी तालमेलको विरोध गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । आफूसँगै अरु एमाले नेताहरुलाई पनि जसपालाई छाडेको ठाउँमा उम्मेदवारी दिन लगाएका साह भन्छन्, ‘ओलीजीले साम्प्रदायिक शक्तिलाई मधेश जिम्मा लगाउन खोज्नुभयो, ठेक्का दिन खोन्नुभयो, मैले अस्वीकार गरें ।’
जसपा (जनता समाजवादी पार्टी) सँग अपवित्र गठबन्धन कहिलेदेखि सुरु भयो ? जसपा हिजो एमाले र ओलीजीलाई प्रतिगगामी भन्ने, राष्ट्रपतिको पुत्ला जलाउने, एमालेलाई मधेश विरोधी बताउने पार्टी । अनि, उपेन्द्र यादवलाई साम्प्रदायिक, विदेशी दलाल भन्ने एमाले । कसरी रातारात एउटा कागजमा हस्ताक्षर गर्न पुग्नुभयो? साहले भने ।
मधेशमा एमालेको भर्ती थियो र मैले खाली गराउँछु, बनाएकै हामीले हो, बनाएकै प्रभु साहले हो । ओलीजीलाई मधेशमा टिकाएकै प्रभु साहले होइन? यो सत्य घामजस्तै छर्लंङ्ग छ । ओलीजीलाई मधेशमा लगेकै मैले हो । प्रभु साह भएर मधेशमा एमाले थियो । साहले एक मिडियालाई अन्तर्वाता दिने क्रममा सो कुरा बताएका हुन् ।
Leave a Reply