इलाममा झलनाथ र सुवास नेम्बाङका प्रतिस्पर्धीहरु बीच कडा टकराव हुदै

 ग्लोबल टिभि      बिहिबार, अशोज २७, २०७९      0

असोज २७ –इलामका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ २५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बर २ मा १४ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

क्षेत्र नम्बर १ मा एमाले र एकीकृत समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले महेश बस्नेत र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले डम्बर बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा विजयी भएका नेम्वाङलाई यो निर्वाचनमा खड्काले कडा टक्कर दिने आंकलन गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *