ग्लोबल टिभि
0
असोज २७ – नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्।
मलाई टिकट नदिएको विषयमा होइन एमालेभित्र नीति र विधि उल्लंघन भएकोमा प्रश्न उठाएको हुँ। एमालेमा योगदान नगरेका व्यक्तिलाई टिकट दिनु स्वेच्छाचारी र अन्यायपूर्ण छु, उनले भने।
आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उनले आरोप लगाए।
होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुर टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छु, उनले भने।
अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए। उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ।
Post Views: 954
Leave a Reply