आफु एकल सिफारिस भएकै कारण ओलीले टिकट नदिएको रावलको दाबी

 ग्लोबल टिभि      बिहिबार, अशोज २७, २०७९      0

असोज २७ –नेकपा एमालेका नेता भीमबहादुर रावलले आफ्नो उम्मेदवारी सिफारिसमा परेको सन्दर्भमा सम्बन्धित नेताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेको दाबी गरेका छन्। रावलले आफु एकल सिफारिस भएकै कारण ओलीले टिकट नदिएको दाबी दावि गरेका छन् ।

रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूलाई अछामबाट प्रतिनिधि सभाका लागि एकल सिफारिस गर्ने कमिटीमा रहेका नेताहरूलाई अध्यक्ष ओलीले स्पष्टीकरण सोधेको दाबी गरे।

रावल अछाम–१ बाट प्रतिनिधि सभा सदस्यका लागि एकल उम्मेदवार सिफरिस भएका थिए। तर, ओलीले उनलाई टिकट नदिएर सिफारिस समेत नभएका झपट बोहोरालाई टिकटक दिएका थिए। पार्टी केन्द्रले आफूलाई टिकट नदिएपछि रावलले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

‘पार्टी अध्यक्षको घरमा सुदूरपश्चिमका प्रमुख जिम्मेवारहरुसँगको बैठकमा मेरो नाम सर्वसम्मत, एकल किन सिफारिस गरेको भनी पार्टी अध्यक्षबाट जवाफ मागिएको र उपस्थित हुनेहरूबाट आफ्ना छाला जोगाउन स्पष्टीकरण दिएको भन्ने पनि जानकारी पाइयो,’ रावलले भने।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *