प्रधानमन्त्री देउवाद्धारा जसपाका चार मन्त्री बर्खास्त

 ग्लोबल टिभि           0

असोज २८ –प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।

सत्तारुढ गठबन्धनबाट बाहिरिएको जसपाका चार मन्त्रीलाई प्रधानमन्त्री देउवाले बर्खास्त गरेका हुन् । वन तथा वातावरण मन्त्री प्रदीप यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई प्रधानमन्त्री देउवाले बर्खास्त गरेका हुन । सबैै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले लिएका छन् । त्यस्तै कानून न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी भने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *