एमालेद्धारा प्रभु साहलाई पार्टीबाट निष्कासित, रौतहट जिल्ला कमिटी विघटन

 ग्लोबल टिभि      शुक्रबार, अशोज २८, २०७९      0

असोज २८ –एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् ।

त्यस्तै, नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ ।

एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारवाही गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको उल्लेख गरेका छन् ।

प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख गरिएको छ । सह इन्चार्ज उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *