मतपत्र छाप्न तयारी अवस्थामा रहनु

 ग्लोबल टिभि           0

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पाठ्यपुस्तक छापेर समयमै विद्यार्थीको हातमा पुर्याउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले दुर्गमका कतिपय स्थानमा समयमै पुस्तक नपुगेको गुनासो अबका दिनमा आफुले सुन्न नचाहेको बताए । सोही अनुरुप पाठ्यपुस्तक छपाई र वितरण गर्न उनले केन्द्रलाई निर्देशन दिए ।

त्यसैगरी निर्वाचनको लागि मतपत्र छाप्न तयारी अवस्थामा रहन पनि मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रलाई निर्देशन दिए । कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी अबस्थामा रहन भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *