ग्लोवल टि.भी.
मङ्लबार, फाल्गुन २५, २०७७
0
काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले धरहरा पुनर्निर्माणमा अवरोध नगर्न आग्रह गरेका छन् । खिचापोखरी न्यूरोड व्यापार संघको कार्यक्रममा मेयर शाक्यले केही तत्वहरुले निहित स्वार्थपूर्तिका लागि धरहरा पुनर्निर्माणमा अवरोध पुर्याइरहेको आरोप लगाएका छन् ।
धरहरा निर्माण सम्पन्नपछि यस क्षेत्रका बासिन्दा र व्यवसायी दुवैलाई फाईदा पुग्ने भएकोले एक अर्काप्रति सकारात्मक हुन पनि उनले आग्रह गरे । यद्यपी, एकाध समूहको विरोध र नाराबाजीले पुनर्निर्माण कार्य नरोकिने उनले चेतावनी दिए ।
Post Views: 598
Leave a Reply