काठमाडौंमा नयाँ चर्चित अनुहारको उम्मेदवारी, पुरानलाई रोक्न कत्तिको सहज?

 ग्लोबल टिभि      शनिबार, अशोज २९, २०७९      0

असोज २९ –प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। प्रत्यक्ष तर्फको एक सय ६५ वटा निर्वाचन क्षेत्रमा २ हजार ४१२ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये २१ सय ८७ जना पुरुष र दुई सय २५ जना महिला छन्।

प्रतिनिधिसभामा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ‘हेभिवेट’ उम्मेदवारहरूको नाम चर्चामा छ। काठमाडौंमा सत्ता गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धन गरेर काठमाडौंमा उत्कृष्ट नतिजा ल्याएको एमाले यसपटक विरासत जोगाउने दाउमा छ। अघिल्लो चुनावमा एमालेले काठमाडौँका २, ३, ५, ७, ८ र ९ गरी ६ वटा क्षेत्रमा जित निकालेको थियो। निर्वाचित ६ जनामध्ये माधवकुमार नेपाल र जीवनराम श्रेष्ठ नेकपा एस गठन गरेर बाहिरिएका छन् भने ७ नम्बरबाट निर्वाचित रामवीर मानन्धरले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

साथै चर्चित व्यक्तित्वहरुले उम्मेदवारी दिएकाले पनि काठमाडौंको निर्वाचनमा सबैको नजर परेको छ। राप्रपा वरिष्ठ उपाध्यक्ष एवं चर्चित पत्रकार रवीन्द्र मिश्र, पूर्व डीआईजी रमेश खरेल, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल, विवेकशील साझाका मिलन पाण्डे, नेकपा माओवादी केन्द्रबाट मानुषी यमी, स्वतन्त्रबाट रञ्जु दर्शना लगायतको उम्मेदवारीले काठमाडौंको निर्वाचन रोचक हुने भएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *