लोकतन्त्र र संविधानमाथिको खतरा रोक्न गठबन्धन बन्योः प्रचण्ड

 ग्लोबल टिभि      शनिबार, अशोज २९, २०७९      0

असोज २९ –नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा(२ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, लोकतन्त्र र परिवर्तन रक्षाका लागि बनाइएको गठबन्धन भएकाले लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धनको आवश्यकता र औचित्य पनि रहिरहने बताएका छन्।

शनिबार गोरखामा आयोजित उम्मेदवारको परिचयात्मक तथा अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै उनले संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिको निम्ति गठबन्धन, राष्ट्रियताको निम्ति गठबन्धन भन्दै आफूहरुले गठबन्धन निर्माण बताए। ‘यो निर्वाचनका लागि बनाइएको गठबन्धन थिएन’, उनले भने।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दुई पटकको प्रतिनिधि सभा विघटनप्रति लक्षित गर्दै भने ‘संविधान घोषणा भएको केही वर्ष नबित्दै त्यही संविधानमाथि प्रहार गर्ने, त्यही लोकतन्त्र, जो सबै मूलभूत राजनीतिक शक्तिहरु मिलेर ल्याएको लोकतन्त्रमाथि प्रहार गर्ने र देशलाई फेरि निरंकुशता र अराजकतातिर धकेल्ने दुष्साहस भए।’

त्यस किसिमको दुष्प्रयासको विरुद्धमा आफूहरु सडकमा जानुपर्ने अवस्था सिर्जना भएको र आफूहरु सडकमा गएको प्रचण्डले बताए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *