निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई भन्यो– पार्टी एकता गर्नेभए १५ दिनभित्रमा निवेदन दिनु

 ग्लोबल टिभि           0

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । आज बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन नेकपा एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तीमा छ ।

 

नेकपा एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद सचिवालय र सातवटै प्रदेशसभालाई दिने निर्णय पनि गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै आयोगले एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि खाली भएको ती नाममा दल दर्ता गर्नेहरुलाई पनि नयाँ नाममा १५ दिनभित्र दल दर्ता गर्न आग्रह गरेको छ । आयोगमा सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले र गोपाल तिवारी अध्यक्ष रहेको माओवादी केन्द्र दर्ता भएको छ ।

निर्वाचन आयोगले गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रको नाम तथा चुनाव चिन्ह र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम मात्रै फेर्न भनेको छ । आयोगले मंगलबार विज्ञप्ति निकालेर नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवाद)को हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न भनेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *