एमालेको राजावादीसंग गठबन्धनः रावल र भुसाल आउट, थापा र लिङ्देन इन !

 ग्लोबल टिभि      शनिबार, अशोज २९, २०७९      0

कैलाश/संजय –आसन्न आम चुनाबका लागी राजतन्त्र पक्षधरसँग गठबन्धन गरेपछी नेकपा एमालेमाथी सत्तारुढ गठबन्धनका नेताहरुले आलोचना शुरु गरेका छन् । भिम रावल र घनश्याम भुषाललाई टिकटबाट बञ्चित गराएर कमल थापा र राजेन्द्र लिङदेनलाई साथ दिएपछी एमाले भित्रै पनि असन्तुष्टि बढेको छ ।

एमालेको राजनीतिमा लामो समय देखी सक्रिय रहदै आएका भिम रावल र घनस्याम भुषाललाई टिकट बाट बञ्चित गरिएपछी नेकपा एमाले भित्र चुनाबको मुखैमा असन्तुष्टी बढेको छ । जनताको घरदैलोमा पुगेर भोट माग्ने तयारी गरीरहेका बेला टिकटबाट बञ्चित गरीएपछी घनस्याम भुषालले पार्टी छोडीसकेका छन् । भिम रावल पनी आफुलाई टिकट किन नदिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरिरहेका छन । गत सुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफु एकल सिफारीस हुदापनी टिकट बाट बञ्चित गरेको भन्दै अध्यक्ष ओली माथी आक्रोस पोखे । उनले आफुलाई टिकटबाट बञ्चित गराएर राप्रपा लगायतका दलहरुसंग गठबन्धन गर्नुको कारण समेत माग गरे ।

भिम रावल संगै असन्तुष्ट पक्षहरुले रावल र भुषाललाई बञ्चित गराएर कमल थापा र राजेन्द्र लिङ्देनलाई टिकट दिनुको कारण माग गरिरहेका छन् । भुसाल भने एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले राजावादीसँग मिलेर राजसंस्था फर्काउन लागेको समेत आरोप लाग्न थालेको छ । तर एमाले नेताहरु भने यस्तो तर्क स्वीकार गर्न तयार देखिएका छैनन् । निरङ्कुस पञ्चायती ब्यबस्था फालेर देशमा गणतन्त्र ल्याउन अहम भुमिका खेलेको एमाले अहिले राजसंस्थाको वकालत गर्दै हिड्ने कमल थापा र राजेन्द्र लिङदेनलाई किन बोक्दै छ भन्ने प्रश्नपनी उठिरहेको छ । यता बिचार र सिद्धान्त नमिल्ने दलहरुका बिचमा गठबन्धन बनाएको भन्दै सत्ता गठबन्धनमाथि समेत प्रश्न उठिरहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *