झापामा हेबिवेट नेताको महाभिडन्तः विश्वप्रकालाई हराउलान् त अग्नीले ?

 ग्लोबल टिभि      शनिबार, अशोज २९, २०७९      0

असोज २९ –झापामा प्रतिनिधिसभा सदस्यका लागि प्रभावशाली नेताबीच नै प्रतिस्पर्धा हुँदै छ  । पाँच निर्वाचन क्षेत्र रहेको झापामा तीन क्षेत्रमा ‘हेबिवेट’ उम्मेदवार छन् । एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र एमाले स्थायी कमिटी सदस्य तथा पूर्वकानुनमन्त्री अग्नि खरेल यहि जिल्लामा प्रतिस्पर्धा गर्दैछन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन प्रक्रिया शुरु भएसंगै झापामा चुनावी सरगर्मी बढेको छ । पाँच निर्वाचन क्षेत्र रहेको झापामा राष्ट्रिय राजनीतिमा प्रभावशाली यी मैदानमा उत्रिएपछि झापा चुनावी ‘हट केक’ बनेको हो । यसमध्ये एक हो, झापा क्षेत्र नम्बर १ जहा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व कानुन मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलबीच रोमान्चक भिडन्त हुँदैछ । क्षेत्र नम्बर १ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र हो । यहीँ निर्वाचन क्षेत्रमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल चुनावी मैदानमा छन् । क्षेत्र नम्बर एकबाटै दुई पटक पराजित भइसकेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा यो यो तेस्रो पटक हो । उनले २०७०, २०७४ मा यहाँबाट चुनाव लडेका थिए । २०७० को संविधानसभा निर्वाचनमा उनी रविन कोइरालासँग पराजित भएका हुन् । यस्तै २०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धनबाट माओवादी उम्मेद्वार राम कार्कीसँग पराजित भएका थिए । अहिले शर्मालाई रविन कोइराला उठेको भए चुनावमा सकस हुने कांग्रेसभित्र विश्लेषण थियो । तर, रविन ‘ब्याक’ भएपछि शर्मालाई चुनावी मैदान सहज भएको झापा कांग्रेसमा बहस हुनेगरेको छ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले शर्माको निर्वाचन क्षेत्रमा एमालेलाई पहिलो पार्टीको रूपमा मत आएको थियो । शर्मामाथि आफ्नै गृहपालिका मेचीनगरमा पनि कांग्रेसलाई जिताउन नसकेको आरोप छ । अन्तिम समयमा टिकट खोसेर आफ्नो गुटको उमेदवारलाई दिलाउन सफल भए पनि उनले चुनाव भने जिताउन सकेनन् । यसको असर पनि पर्न सक्ने कुरालाई स्वयं कांग्रेस नेताहरु त्रास छ । यस्तै, टसलमा रहेका नेता कृष्ण सिटौला टिमले उनलाई असहयोग गर्ने भय पनि उत्तिकै छ । असहज अवस्थाको वाबजुद पनि विश्वप्रकाश शर्मा आफूँले जीत हात पार्नेमा कुनै दुविधा नरहेको बताउँछन् ।

उता यहाँ राप्रपासँग ५ हजार ९२२ मत छ, अर्थात गठबन्धनसँग २८ हजार ९६ मत छ । जबकि राप्रपा सहितको एमाले गठबन्धनसँग ३७ हजार ५ मत छ । स्वतन्त्र उम्मेद्वारले पाएको मत ४ हजार २७ छ । यो मत कता जान्छ त्यो पनि महत्वपूर्ण पक्षको रुपमा रहेको छ । त्यसकारण एमाले उमेदवार खरेल आफ्नो जितमा ढुक्क भएको बताँएछन् ।

स्थानीय तहको मतलाई आधार मान्ने हो भने यहाँ कांग्रेसभन्दा एमाले नै बलियो देखिन्छ । यद्यपी क्षेत्र नं. १ झापामा रबिन कोइरालाको नाम सर्वसम्मत गएको र टिकट अग्नी खरेलले पाएकोमा एमालेजनमा भएको असन्तुष्टी मेट्टाउन उनलाई हम्मेहम्मे पर्ने स्थानीयको बुझाई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *