अन्तिम चरणमा पुग्यो चुनावी तयारी

 ग्लोबल टिभि           0

अभिषेक –प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावी तयारीको बिषयमा महत्वपूर्ण चरणमा पुगेको बताएका छन् । थपलियाले प्रदेश सभाको एउटा निर्वाचन क्षेत्र बाहेक मंसिर ४ गते एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आयोगले आचारसंहिता पालना गर्न निर्देशन समेत दिएको छ ।

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी महत्वपूर्ण चरणमा पुगेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उमेदवारहरुको अन्तीम सूची प्रकाशन गरेर निर्वाचन चिन्ह समेत वितरण गरिसकिएको र अहिले भने तयारीका अन्य काम शुरु भएको बताएका छन् ।

सबै निर्वाचन अधिकृतको कार्यलयमा र निर्वाचन स्थलहरुमा सामग्री सहितको कर्मचारी ब्यवस्थापन , सुरक्षा ब्यवस्थापन , निर्वाचन सामग्री व्यवस्थापन लगाएतका आन्तरिक काम शुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ । आयोगले मतपत्र छपाईको काम समेत शुरु गरिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *