सत्ता साझेदारीका लागि एमाले र जसपा नजिकिँदै

 ग्लोबल टिभि           0

नेकपा एमाले र जनता समाजवादी पार्टीबीच सत्ता साझेदारीको प्रयास अघि बढेको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोको साथ लिएर एमालेसँग सत्ता साझेदारको लागि प्रयास अघि बढाएका हुन् । यद्यपी, एमालेसंगको सत्ता साझेदारीबारे अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई जानकारी गराएका छैनन् ।

जसपाको तर्फबाट कार्यदलमा सर्वेन्द्रनाथ शुक्ल र सांसद लक्ष्मणलाल कर्ण छन् । सत्ता गठबन्धनको विषयमा जसपाभित्र दुई धार देखिएको छ । संघीय परिषद्का अध्यक्ष भट्टराई र अर्का अध्यक्ष यादवले वर्तमान प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेकाले सहकार्य गर्नै नहुने अडानमा छन् । तर, ठाकुर र महतो भने ओलीसँग सहकार्य गर्ने विषयमा उदार देखिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *