ग्लोबल टिभि
बुधबार, फाल्गुन २६, २०७७
0
पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज दिउँसो एक बजे बस्दै छ ।
बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।
संसद सचिवालयका अनुसार सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु बुधबारको बैठकमा पनि पेस हुने छ ।
सोमबारको बैठकमा विपक्षी दलहरुको विरोधका बाबजुद संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । सो विधेयक संविधानसँग बाझिएको भन्दै संसदबाट पारित गर्न नदिने रणनीति विपक्षी दलहरुले बनाएका छन् ।
Post Views: 1,049
Leave a Reply