प्रतिनिधिसभा बैठक चैत्र ३ गतेसम्मका लागि स्थगित

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन २६, २०७७      0

प्रतिनिधिसभाको बैंठक चैत ३ गते १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकले प्रतिनिभि सभा सदस्य, पूर्व सदस्य तथा संविधानसभा सदस्यको यसबीचमा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री के.पी. शर्मा ओली प्रतिनिधिसभा बैठकमा नै नबसी संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका थिए ।

बैठकको कार्यसूचीबारे दलहरुबीच छलफल चलिरहँदा उनी संसद भवनबाट बाहिरिएका हुन् ।
प्रतिनिनिधसभा पुनस्र्थापनापछिको पहिलो बैठकमा पनि प्रधानमन्त्री ओली तोकिएको समयमा बैठक सुरु हुन नसक्दा बैठक अगाडी नै बाहिरिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *