काठमाण्डौ क्षेत्र–३ प्रतिनिधि सभातर्फ सन्तोषको इन्ट्री, प्रदेसमा दोहोरिए बिमल र छिरिङ

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक १, २०७९      0

कात्तिक १ –काठमाण्डौ क्षेत्र नं ३ मा प्रतिनिधि सभामा सन्तोष चालिसेको इन्ट्री भएको छ। भने छिरिङ दोर्जे लामा र बिमल ठकुरी दोश्रो पटक प्रदेस सभा सदस्यको उम्मेदवार भएका छन्।

गोकर्णेश्वर नगरपालिकाका प्रथम नगर प्रमुख चालिसे चुनावी मैदानमा उत्रिए संगै काठमाण्डौ क्षेत्र नं ३ को राजनीतिक माहोल रोमान्चक,तरंगित र आक्रामक बनेको चर्चा गर्न थालिएको छ। २०७४ सालको प्रदेस सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ (१) मा नेपाली कांग्रेसको उम्मेदवार बनेका छिरिङ दोर्जे लामा र प्रदेस सभा क्षेत्र नं २ मा उम्मेदवार बनेका बिमल ठकुरी दोहोरिए पछि प्रतिनिधि सभा सदस्यमा क्षेत्रीय सभापति सन्तोष चालिसे उम्मेदवार बनेका छन।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक जोरपाटी गाउँपालिकाका जनप्रतिनिधि रहेका नेकपा एमालेका कृष्ण राई र नेपाली कांग्रेसका सन्तोष चालिसे विचको चुनावी भिडन्तलाई निकै चासो पुर्वक हेरिएको काठमाण्डौ क्षेत्र नं ३ मा दिनेश खनाल र निरन्जन पुडासैनीको स्वतन्त्र उम्मेद्वारीले पनि थप रौनक थपेको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ६,कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १,२, ३ र गोकर्णेश्वर नगरपालिकाका १ देखि ९ वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ मा २०७४ सालको निर्वाचनमा नेकपा एमालेका कृष्ण राई विजयी बनेका थिए भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अम्बिका बस्नेत रहेकी थिइन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *