निमाले गरे प्रचण्डलाई चुमनुब्रीको बाटो मर्मतका लागि पहल गर्न आग्रह

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक १, २०७९      0

कात्तिक १ –गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। आज खुमलटारमा भेट गर्दै लामाले चुमनुब्रीका समस्या समाधान गर्नका लागि सरकारसँग समन्वय गरिदिन आग्रह गरेका थिए।

आफूले प्रचण्डसँगको भेटमा चुमनुब्रीका बाटा मर्मतका लागि पहल गरिदिन र खाद्यान्न संकट समाधानका लागि पहल गरिदिन आग्रह गरेको लामाले बताए।केही समयअघिको अविरल वर्षाले चुमनुब्री आवतजावत गर्ने बाटा बिग्रेका छन्। कतिपय बाटाहरू गाउँपालिकाले मर्मत सुरू गरेको छ।

छेकम्पार, चुम्चेत, बिही, प्रोक, ल्हो र सामागाउँमा पहिरोले बाटो अवरूद्ध छ। बाटो अवरूद्ध हुँदा खाद्यान्न ढुवानी गर्न नसकिएको पनि लामाले बताए।चुमनुब्रीमा सडक सञ्जाल पुगेको छैन। खाद्यान्नलगायत सामग्री खच्चडबाट ढुवानी गर्नुपर्छ।

‘चुमनुब्री क्षेत्रमा खाद्यान्न संकट भएकोले सरकारसँग समन्वय गरी तत्काल खाद्यान्न ढुवानी गर्न पहल गरिदिन अध्यक्ष प्रचण्डसँग आग्रह गरेको छु,’ उनले भने।
अध्यक्ष प्रचण्डले गृहमन्त्री बालकृष्ण खाणलाई टेलिफोन गरेर चुमनुब्रीमा खाद्यान्न व्यवस्था गर्नका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *