कांग्रेसले दम्भ देखाएकै कारण एमालेसँग तालमेल: अध्यक्ष यादव

 ग्लोबल टिभि           0

कात्तिक १ –जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेलले मधेस प्रदेशलाई फाइदा भएको बताएका छन् ।
‘एमालेसँगको तालमेलले मधेस प्रदेशलाई घाटा भएको भन्नु बेकार हो । यसले कांग्रेस र माओवादी केन्द्रको धोका, जालझेल, षड्यन्त्र आदि प्रपन्चलाई असफल तुल्याएको छ । मधेसको शक्ति बलियो भएको छ । हामी मधेसमा सरकार बनाउन सक्ने स्थितिमा पुगेका छौं,’सो कुरा यादवले एक संचार माध्यममा बताए।

‘जसपाले एमालेसँग केही सिटको तालमेल मात्र गरेको बताए । धेरै सिटमा हामी आफ्नै बाहुबलमा लडेका छौं । एमाले र जसपाको विचार र नीति आआफ्नै छन् । हाम्रा विचारलाई एमालेले स्वीकार्ने, एमालेका विचारलाई हामीले स्वीकार्ने कुरा होइन । कांग्रेसले पनि एमालेसँग सहकार्य गरेकै हो, माओवादी केन्द्र त एमालेभित्रै छिरेको हो ।’

कांग्रेस र माओवादी नेताहरुको संकीर्ण सोचाइ राखेर जसपालाई धरापमा पार्ने, कर्नरमा पार्ने, जितेको सिट कब्जा गर्ने, न्यून सिटमा चुनाव लड्न बाध्य पार्ने षडयन्त्र गरेको आरोप पनि यादवले लगाए । उनले भने, ‘गठबन्धनका लागि हामीले मिहिनेत नगरेको भए कांग्रेसको अहिले बेहाल हुन्थ्यो । शेरबहादुरजीको प्रधानमन्त्री हुने कुरा त सम्भवै थिएन । तर सरकारमा आउनासाथ सत्ताको दम्भ र ठूला पार्टीको अंहकार जागेर आयो । त्यसैले हामी उहाँहरुलाई नै गठबन्धन जिम्मा लगाएर अघि बढेका हौं ।’

मधेसमा जसपालाई कसैले पत्तासाफ गर्न नसक्ने पनि यादवले दाबी गरे । उनले भने, ‘गठबन्धनमा हामीले संघ र प्रदेश गरी ५० सिट मागेको हो । २१ सिट दिने भनियो । हामीले जितेका सिट उनीहरुले लिन खोजे, स्थानीय तह चुनावको तीतो अनुभव भयो । कांग्रेसहरुले जय नेपाल भन्दैमा एमाले भोट दिए । हामीलाई पत्तासाफ बनाउने भनेर तमलोपा, सद्भावना, लोकतान्त्रिक फोरम को आएनन्? पत्तासाफ गर्नेको पत्तै हराइसक्यो ।’ आफूले सप्तरी २ मा २०७४ भन्दा बढी मत ल्याएर जित्ने पनि उनले बताए ।

‘व्यक्तिगत रुपमा यो प्रचण्ड र मेरो दरार होइन । तर चुनाव सँगसँगै जान सकेनौं । म धोका दियो भन्ने शब्द प्रयोग गर्दिनँ, तर सहकार्यको ढोका बन्द भयो ।’ उनले भने ।

यादवले भने, ‘संघीयताले विकास गर्ने होइन, विकास गर्ने योजना र लगानीले हो । यो अपांगता भएको संघीयता हो । जनशक्तिविहीन, स्रोतविहीन र अधिकारविहीन कुरुप प्रकारको संघीयता हो ।’

यादपले एमाले र जसपा मिल्नुमा केपी शर्मा ओली र आफ्नो मात्र भूमिका भएको दावि गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *