कांग्रसले यसपालि पूर्ण बहुमत ल्याउछ, निर्वाचन पछिको शक्तिशाली प्रधानमन्त्री देउवाः मन्त्री कार्की

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक १, २०७९      0

कात्तिक १ –नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धनमा प्रधानमन्त्रीका निम्ति कुनै झगडा नहुने दाबी गरेका छन् ।
‘जनताले पाँच दलीय गठबन्धनलाई दुई तिहाइ बहुमत त म भन्दिनँ, त्यसको नजिकको सिट दिन्छन् । यो गठबन्धन सत्तामा पुग्नका लागि मात्र होइन, मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरताका निम्ति हो । त्यसैले गठबन्धनका नेताहरुबीच प्रधानमन्त्री पदमा कुनै झगडा हुँदैन । मुलुकको हितका निम्ति प्रधानमन्त्री पद गौण हो,’ उनले एक संचार भने ।

कांग्रेसले प्रत्यक्षमा ७० सिट जित्ने पनि उनले ठोकुवा गरे । कार्कीले थपे, ‘हामीले उम्मेदवारी दिएका ९० सिटमा ९० नै जित्छ त म भन्दिनँ । तर कम्तीमा ७० सिट जित्छ । २०७४ मा समानुपातिकमा ४० सिट आएको हो, अहिले पहिलेभन्दा सिट बढ्छ । संकटमा कांग्रेस एक भएर उभिएको छ । यसपालि कांग्रेसले कांग्रेसलाई हराउने होइन, जिताउँछ । निर्वाचनको महायज्ञमा इतिहासले दिएको जिम्मेवारी पूरा गर्छ ।’

कार्कीले भने शेरबहादुर देउवा छोटो र अप्ठ्यारो समयका लागि पाँच पटक प्रधानमन्त्री बन्नुभयो । उहाँ कांग्रेसको मात्र नभएर मुलुककै नेता हो । उहाँलाई यसपालि पूर्ण बहुमतका साथ सरकार बनाउने अवसर छ । दृढ निश्चयी, अनुभवी खारिएको र अन्तर्राष्ट्रिय जगत्ले पत्याएको अनि बीपी कोइरालापछि सोसलिस्ट इन्टरनेसनल उपाध्यक्ष भएको नेता उहाँ नै हो ।’

सुनसरी ४ बाट गठबन्धनका साझा उम्मेदवार समेत रहेका कार्कीले पाँच वर्षे कार्यकालमा धेरै काम गरेको पनि बताए । उनले भने, ‘सुनसरी क्षेत्र नं ४ सम्भावना र चुनौती भएको क्षेत्र हो । यहाँ बाढीको समस्या छ । कोसीटप्पुका कारण जंगली जनावरबाट जनता पीडित छन् । मैले वन्यजन्तुको आक्रमणबाट मारिएकालाई क्षतिपूर्ति डबल गरेको छु । पहिले ५ लाख पाउँथे भने अहिले १० लाख पाउँछन् । मेरै पहलमा गाउँ गाउँसम्म पुग्ने सडकहरु पिच भएका छन् । श्रीलंका टापुमा बत्ती बल्ने स्थिति बनेको छ । कोसी गाउँपालिकाको लौकीमा पूर्व क्षेत्रकै सबैभन्दा ठूलो टाउन हल बनेको छ ।’ कार्कीले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *