प्रधानमन्त्री के.पी.शर्मा ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन आग्रह गरेका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले कानून उल्लङघन भए सम्बन्धित निकायले हेर्ने भएकाले सेनालाई विवादमा तान्ने काम गर्नु उचित नहुने तर्क गरे । सुरक्षा परिषद्को संवैधानिक, कानुनी र व्यवहारिक रुपमा उचित प्रयोग भईरहेको पनि उनले दावी गरे । प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालनमा परिषद्ले महत्वपूर्ण भूमीका निर्वाह गरिरहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरुको राष्ट्रिय हितविपरित हुनेमा पनि ध्यान पुर्याउन आग्रह गरे । उनले भने, ‘कुनै पनि राष्ट्रले आफ्नो न्यायोचित हितको रक्षा र सम्बद्र्धनमा केन्द्रित हुनुपर्छ । आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहदा अरुको राष्ट्रिय हितको कहीँ कतै उल्लङघन हुन्छ कि भन्ने कुरामा हरेक राष्ट्र सजग सचेत हुनुपर्छ ।’
नेपाल सरकार सधै शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोही अनुसार प्रतिरक्षा र सुरक्षा लगायत नीति तय गरिएको उनले स्पष्ट पारे ।
Leave a Reply