छात्रवृत्तिको सहमति कार्यान्वयन गर्न माग

 ग्लोबल टिभि      बुधबार, फाल्गुन २६, २०७७      0

त्रिभुबन विश्वबिद्यालय बाट स्वीकृत प्राप्त ब्यवस्थापन संकाय अंतरगत BBA, BIM, BBM, BHM, BBA-fin लगायतका कोर्समा १० प्रतिशत बिद्यार्थीलाई सत प्रतिशत छात्रवृति दिने यस अघिको सहमति कार्यान्वयन गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ । संघका अध्यक्ष राजिब ढुंगानाद्वारा जारी विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालय आंफैले गरेको सहमति सबै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसले कार्यान्वयन नगरेको उल्लेख छ । साथै उक्त सहमति तत्काल कार्यान्वयनमा लैजान पनि भनिएको छ ।

BBA, BIM, BBM, BHM, BBA-fin लगायतका कोर्समा १० प्रतिशत विद्यार्थीलाई सत प्रतिशत छात्रवृत्ति दिने विषयमा त्रिवि र नेविसंघबीच २०७६ साउन १३ गते सहमति भएको थियो । २०७६ सालकै शैक्षिक सत्रबाट लागु हुनेगरी भएको सहमति कार्यान्वयन नगरी क्याम्पसले विद्यार्थीबाट नगद असुल गरिरहेकोले यो कार्य नरोकिए आन्दोलनमा उत्रिने नेविसंघले चेतावनी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *