मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरु हुन्छ–प्रम

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन २७, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा नै मिर्गौलासम्बन्धि विशेषज्ञ सेवा सुरु गरिने बताएका छन् ।
विश्व मिर्गौला दिवसको अवसरमा आज बिहान आयोजित प्रभातफेरी कार्यक्रममा प्रधानमन्त्री ओलीले चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञ टोली केन्द्र स्थापनाका लागि क्रियाशील रहेको बताएका हुन् ।

नागरिकलाई मिर्गौला रोग लाग्नबाट कसरी रोक्न सकिन्छ र लागेको खण्डमा प्रत्यारोपण सहितको सेवालाई कसरी सहज बनाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरिएको पनि प्रधानमन्त्री ओलीले बताए । मिर्गौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जिवनयापनका लागि उनले सबैसंग आग्रह गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *