गठबन्धनका नेताको देश दौडाहा शुरु, एमालेको आलोचना गर्न देखि मतदाता फकाउन सक्रिय

 ग्लोबल टिभि      शनिबार, कार्तिक ५, २०७९      0

कात्तिक ५ –चुनाव आउन एक महिना बाँकी रहेका बेला सत्ता गठबन्धनका शिर्ष नेताहरुको देश दौडाहा शुरु भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार शिर्ष नेताहरु कार्यकर्ता भेलाका नाममा देश दौडाहामा निस्किएका हुन् । नेताहरुले गठबन्धनका चुनाव चिन्ह नहेरेर गठनबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरिरहेका छन् ।

शुक्रबार गण्डकी र लुम्बिनि प्रदेशमा कार्यकर्ता भेलाका लागि सत्ता गठबन्धनका शिर्ष नेताहरु शनिबार भने जनकपुर र विराटनगर पुगेका छन् । यसअघि निर्धारित कार्यक्रमअनुसारै गठबन्धनका शिर्ष नेताहरुको देश दौडाहा शुरु भएको हो । गठबन्धनका शिर्ष नेताहरुले एमालेले चुनाव जिते देश वर्वाद हुने भन्दै गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षाका लागि अहिलेको गठबन्धन बनेको भन्दै गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुलाई मत दिन आह्वान गरेका छन् । उनले दलभन्दा माथि उठेर गठबन्धनका उम्मेदवारलाई मत दिन कांग्रेस नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत गठबन्धनका उम्मेदवार मत दिन आग्रह गरेका छन् । उनले समेत एमालेले चुनाव जिते लोकतन्त्र नै खतरामा पर्ने दाबी गरिरहेका छन् । अध्यक्ष दाहालले एमालेले राजवादीहरुसँग चुनावी तालमेल गरेका विषयमा समेत आलोचना गर्ने गरेका छन् ।

सत्ता गठबन्धनका शिर्ष नेताहरु आइतबार कार्यकर्ता भेलाका लागि धनगढी पुग्नेछन् भन् आइतबारै सुर्खेतमा समेत कार्यक्रम हुने तय भएको छ । सोमबार भने काठमाडौंमा कार्यकर्ता भेला गर्ने गठबन्धनमा आवद्ध दलहरुको तालिका छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *