रावल र भुसाललाई टिकट नदिएकोबारे बोले ओली

 ग्लोबल टिभि           0

अमृत –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावल र घनश्याम भुसालहरुलाई टिकट नदिएको विषयमा मुख खोलेका छन् । अध्यक्ष ओलीले पार्टीका पक्षमा नबोलेका कारण रावल र भुसाललाई टिकट नदिएको दाबी गरे । एमालेले टिकट नदिएपछि भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । भुसाललाई सत्तागठबन्धनले सहयोग गरेको छ ।

भीम रावल र घनश्याम भुसालहरुलाई टिकट नदिएर कमल थापादेखि राजेन्द्र लिङ्देन र परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई टिकट दिएको विषयम आलोचना भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिनुको विषयमा मुख खोलेका छन् । यसअघि एमालेका उपाध्यक्ष समेत बनिसकेका नेता भीम रावलले पत्रकार सम्मेलन गर्दै आफुलाई टिकट नदिइनुको कारण माग गरेका थिए । उनले अध्यक्ष ओलीमाथि १९ बुँदे आरोप लगाउँदै टिकट नदिएपनि एमाले छाडेर नभाग्ने बताएका थिए ।

एमालेले टिकट नदिएका अर्का नेता घनश्याम भुसालले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई सत्ता गठबन्धनले सहयोग गर्दैछ । गठबन्धनको सहयोग पाएपछि भुसालले माओवादी अध्यक्ष प्रचण्ड र गठबन्धनको प्रशंशा गरिरहेका छन् । यता भुसाल रावलहरुलाई टिकट नदिएका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार मात्रै मुख खोलेका छन् । उनले पार्टीका पक्षमा कुनै शब्द ननिकालेको र २०४८ सालदेखि निरन्तर भुसाल र रावलहरुले अवसर पाएको भन्दै नयाँ पुस्तालाई अवसर दिन उनीहरुलाई टिकट नदिएको दाबी गरेका छन् ।

एमालेले भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएपछि अध्यक्ष ओलीको आलोचना भइरहेको छ । रावलले एमालेका उम्मेदवारलाई जिताउन लाग्ने बताएको भएपनि भुसालले भने एमाले परित्याग गरेका छन् । राजवादीहरुसँग मिलेर पार्टीकै नेताहरुलाई पाखा लगाएको भन्दै आलोचना भइरहेको भएपनि अध्यक्ष ओली भने बचाउमा उत्रिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *