फेरि क्रान्तिमा जानेवाला छु–दाहाल

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन २७, २०७७      0

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफुले देशव्यापी अभियान चलाउन लागेको बताएका छन् । आज काठमाडौमा आयोजित एक कार्यक्रममा उनले आफु फेरि जनतासँग जोडिदै देशव्यायापी आन्दोलनतिर जोडिन चाहेको बताएका हुन् । उनले भने, ‘मैले सोचिरहेको छु । म काठमाडौंभन्दा २/४ वर्ष जनताको बीचमा गएर बस्ने किनभने देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले हाम्रो,राष्ट्र र कम्युनिष्ट आन्दोलनविरुद्ध धावा बोल्ने कोसिस गरेका छन् ।’
आफ्नै पुराना साथीहरु मिलेर जाँदा मात्रै त्यसलाई परास्त गर्न सकिने उनको विश्वास छ । ‘माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरि क्रान्तिमा जानेवाला छु । एउटा ब्याटल जित्यौं । केही ब्याटल जित्न अझै बाँकी छ ।’ उनले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *