नेपाली सेनाले विहीबार औपचारिक कार्यक्रम गरी दिवस मनाएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरी सेना दिवस मनाएको हो । टुडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । हरेक बर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्दछ । यसको शुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । नेपाली सेनाले कार्यक्रममा विभिन्न साहसिक खेलहरु तथा झाँकी प्रस्तुत गरेको थियो । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाएका छन् । बिहिबार काठमाण्डौंका सैनिक मञ्चमा परेड तथा तोप बढाइ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सेनाका जवानहरुले राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपास गर्नुको साथै सेनाको बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिएको थियो ।
Leave a Reply