नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताएका छन् ।
बिहीबार सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देश भित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई कुल्चिने दुस्साहस गरेको बताए। उनले राष्ट्रिय स्वाधिनताको लडाँइ पूर्ण नभएकाले स्वाधिनताको लडाइँ लड्न बाँकि रहेको बताए ।
अध्यक्ष दाहालले माओवादी आन्दोलनले ल्याएको उपलब्धी र प्रचण्डलाई निस्तेज पार्नमा प्रतिक्रियावादीले ध्यान केन्द्रीत गरेको बताए । आफुभित्र आवेग र आक्रोश रहेको भन्दै दाहालले नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकार माथि कसैले धावा बोले नेपाली जनतालाई बिद्रोह गर्ने अधिकार हुने चेतावनी समेत दिए ।
नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको उनको भनाई छ ।
Leave a Reply