काठमाडौं । जनता समाजवादी (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरवार स्थित जसपाको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
सत्तासमीकरणमा वर्तमान केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा माओवादी केन्द्र र नेपाली काँग्रेस संग गठबन्धन गरेर जाने भन्ने बिषयमा अलमलमा रहेको जसपाको संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।
संसदीय दलको बैठक सकिए लगत्तै जसपाका नेताहरुले नेपाली काँग्रेससंग छलफल गर्ने तय भएको जसपाका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिनु भयो । बेलुका चार बजे काँग्रेसका नेता र जसपाका नेता बीच छलफल हुने तय भएको छ ।
जसपा का नेता र प्रधानमन्त्री केपी शर्मा ओलीका बीचमा शुक्रवारै छलफल हुने भनिएपनि अझै भेटघाट तए नभएको प्रमुख सचेतक अरगरियाले जानकारी दिनु भयो ।
यसै बीच नेपाली काँग्रेसको पदाधिकारी बैठक पनि तीन बजे बस्ने भएको छ । भावी रणनीति तयार पार्न पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने तय भएको बताएको छ ।
Leave a Reply