परिवर्तन उल्टयाउने प्रयास भैरहेको छ – दाहाल

 ग्लोबल टिभि           0

बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय लडेर ल्याएको परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको दाबी गर्नु भएको छ ।

शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै दाहालले दलित, जनजाति तथा आम जनताको अधिकारको लडाइँमा आफू सदैव रहने धारणा राख्नु भयो ।

लामो लडाइँ लडेर प्राप्त गरेका उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको भन्दै देशमा केही अनिष्ट हुँदैछ भन्ने संकेत मिलेको उहांको भनाइ छ ।

‘जो गणतन्त्र, संविधान र समावेशिताहरु मन पराउँदैनथे, उनीहरु मिलेर यो परिवर्तन उल्ट्याइ छाड्ने कसरतमा छन् । तर, शान्तिपूर्ण आन्दोलन जारी रहेकोले यी परिवर्तनको साक्षी छु म’, उहांले भन्नु भयो, ‘यो षड्यन्त्रलाई निर्मूल पार्न म जीवित हुदाँसम्म कसैले पनि हाम्रा परिवर्तन र उपलब्धिहरूलाई उल्टाउन सक्दैन ।’

लडेर ल्याएको संविधान र गणतन्त्रविरुद्ध भएको कदम विरुद्ध शान्तिपूर्ण तरिकाले लड्न आफू तयार रहेको पनि उहांको भनाइ छ।

प्रतिगमकारीहरूको अझै पनि षडयन्त्र जारी राखेको भन्दै उहांले त्यस्ता शक्ति विरुद्ध एकताबद्ध भएर लाग्न समेत आग्रह गर्नु भयो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *