आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने जसपाको निर्णय

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन २८, २०७७      0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको तेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । सिंहदवार स्थित संसदीय दलको कार्यालयमा शुक्रवार बसेको संसदीय दलको बैठकले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो ।

बैठकका बिषयमा जानकारी दिँदै नेता राजकिशोर यादवले प्रमुख दलहरुको नेतृत्वमा भएको सरकारमा पार्टीले सत्तासाझेदार गरिसकेको र उनीहरु टेस्टेट भइसकेकाले अब राजपाकै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय भएको जानकारी दिनु भयो । साथै जेलमा रहेका पार्टीका सांसद रेशम चौधरीको निसर्त रिहाइको बिषय अन्य दलहरुसंग सत्तासमीकरणको एजेण्डा बनाउने निर्णय भएको नेता यादवको भनाइ छ । पार्टीको नेतृत्वमा सरकार गठन गर्ने बिषयमा आजै नेपाली काँग्रेससंग छलफल हुने नेता यादवले जानकारी दिनु भयो ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने प्रतिगामी ओली सरकारका बिरुद्ध राजपा अघि बढ्ने बताउनु भयो ।प्रतिगमनकारी शक्ति इतरका लोकतान्त्रिक दलहरु अहिलेको परिस्थितिमा एक भएर सरकार गठन गर्ने डा. भट्टराइले जानकारी दिनु भयो।  सोही अवसरमा नेता उपेन्द्र यादवले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले नै प्रतिगमनकारी, असंवैधानिक कदम भनिसकेको अवस्थामा ओलीसंग सत्तासाझेदार गर्न नहुने मा आफ्नो पार्टीको स्पष्ट अडान भएको जानकारी दिनु भयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *