कांग्रेस–जसपा बैठकः ओलीइतर गठबन्धन बनाउने बारे छलफल

 ग्लोबल टिभि           0

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेतृत्वबीचको वार्ता सम्पन्न भएको छ । सत्ता सहकार्यका लागि छलफल गर्न जसपा नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास पुगेका थिए ।

संसद विघटन गर्ने केपी ओलीको कदम विरुद्ध आन्दोलतरत् दलहरूसँग मिलेर सरकार बनाउने विषयमा छलफल केन्द्रित भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

प्रतिपक्षको हैसियतमा मुख्य भूमिका कांग्रेसले खेल्नुपर्ने भएकाले शनिबार माओवादी केन्द्रसँग पनि थप छलफल गर्ने शर्माले जानकारी दिए ।
जसपा नेताहरूसँगको वार्ताअघि कांग्रेस पदाधिकारीको बैठकसमेत बसेको थियो । सो बैठकमा वर्तमान र पूर्वपदाधिकारीहरूले प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने कुरा उठाएको शर्माले जानकारी दिएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले छलफल शुरू भएको र आगामी दिनमा निरन्तरता दिने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *