नेपाल समुहद्वारा प्रधानमन्त्रीको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आव्हान

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन २९, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समुहले पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आव्हान गरेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्ष बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै नेता नेपाल समुहको बैठकले विधान विपरित निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

साथै बैठकले कार्यकर्तालाई एकजुट हुन आग्रह पनि गरेको हो । संसद विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *